२४ मंसिर २०७६, मंगलवार

तीर्थयात्री चढेको भ्यान दुर्घटना हुँदा ११ घाइते

२७ चैत्र, ताप्लेजुङ । तीर्थयात्री चढेको मे१ज १४८६ नंको पिकअप भ्यान मङ्गलबार राति ९ः५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना हुँदा ११ घाइते भएका छन् । पाथीभरा दर्शनपछि फर्किएका भ्यान दुर्घटना हुँदा पाँचको अवस्था गम्भीर छ भने छ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

उक्त घट्नावाट गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर सिफारिश गरिएको छ ।

बाँकी छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस