२६ कार्तिक २०७६, मंगलवार

वरिष्ठ नेता नेपाल अस्पताल भर्ना

काठमाडाैं, चैत्र २६ । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल हावाहुरी प्रभावित क्षेत्रबाट फर्केलगतै स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा समस्या देखिएपछि उनलााई काठमाडाैंस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । बारा, पर्सा र रौतहटका कार्यक्रम सकेर तीन दिनअघि नेता नेपाल काठमाडाैं फर्केका थिए । तीन दिनदेखि नै रुघाखोकी र ज्वरोले सताएपछि अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । नेता नेपालको स्वास्थ्यमा अहिले केहीँ सुधार भएको बताइएकाे छ ।

स्वास्थ्यमा सुधार भएपछि वरिष्ठ नेता नेपाल आजै डिस्चार्ज हुने स्वकीय सचिव मोहन गौतमले बताएका छन् ।

प्रतिकृया दिनुहोस