११ जेष्ठ २०७६, शनिबार

अफगानिस्तानमा बम विस्फोटमा परी चारको मृत्यु

एजेन्सी, चैत्र २६ । अफगानिस्तानमा भएको बम विस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु भएको छ ।

बागराम हवाई बेस क्याम्पनजिक भएको उक्त विस्फोटमा परी अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

त्यसैगरी पूर्वी शहर जलाहवादमा भएको अर्को विस्फोटमा तीन जनाको मृत्यु भएको छ । अमेरिकामा तालिवानी समूहले विस्फोटका घटना गराउँदै आएको छ । अफगानिस्तानमा १४ हजार अमेरिकी सेना कार्यरत रहेका छन् ।

विस्फोटमा परेर सन् २०१९ भित्रमा अफगानिस्तानमा सात जना अमेरिकी सेनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस