५ आश्विन २०७६, आईतवार

चर्चित कलाकार राणाको निधन

काठमाडौँ, १८ माघ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको शुक्रवार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा शुक्रवार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले वताए । करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनाँै चलचित्रमा अभिनय गर्नुभएको छ । उनले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनाँै टेलिचलचित्रमा अभिनय गर्नुभएको छ । काठमाडौँ बूढानीलकण्ठका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आउनुभएको थियो । उनका श्रीमती र तीन छोरी हुनुहुन्छ । उनको छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ । रासस

प्रतिकृया दिनुहोस